Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण – Lekhanpeeth

जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण

171
0
Share:

काठमान्डौ/जापान सरकारको अनुदान रु एक करोड ३५ लाखको लागतमा हुम्लाको सदरमुकाम सिमिकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको छ ।

 

बुधबार त्यहाँ आयोजित कार्यक्रममा यहाँस्थित जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गरे ।

उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता छ । नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायत गतिविधि सञ्चालन गर्न सक्ने यहाँस्थित जापानी राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

Share: