नेपाली सेनालाई भारतीय सेनाको तालिम लक्षित ड्रोन उपहार

105
0
Share:

काठमान्डौ/सैन्य तालिमको क्रममा क्षमता बढाउन तथा औषधिसहितका उपचार सामग्री वितरणमा सहायता गर्न भारतीय सेनाले नेपाली सेनालाई ड्रोन उपहार दिएको छ । यसै साता भारतको राजधानी नयाँदिल्ली पुगेका नेपाली सेनाका प्रमुख अशोक राज सिग्देललाई भारतीय समकक्षी जनरल उपेन्द्र विदेवीले उक्त ड्रोन उपहार दिएका हुन् ।

 

उक्त सहायताले नेपालमा आपतकालीन अवस्थामा परिचालन तयारीको लागि देशको क्षेत्रीय अस्पताल प्रणालीलाई बढावा दिन सहायता हुने अपेक्षा गरिएको छ । आधुनिकीकरणमा नेपालको प्रयास र रक्षा क्षेत्रमा क्षमता विकासका लागि सहयोग गर्दैआएको भारतले यसपटक सैन्य क्षमता विकासका लागि सहयोग गरेको जनाएको छ ।

 

चार दिने भारत भ्रमणमा रहेका नेपाली सेना प्रमुख सिग्देलले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्राप्त गरेका छन् ।

Share: