Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु – Lekhanpeeth

नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु

145
0
Share:

काठमान्डौ/नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आज शुक्रबारदेखि सुरु भएको छ । सम्मेलन आज र भोलि चल्नेछ । सम्मेलनमा संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले स्वास्थ्यका प्राथमिकता, बजेट, सरकारले ध्यान नदिएका यथेष्ट विषयमा छलफल हुने बताए । उनले भने, “सरकारले यी विषयमा जति गर्नुपर्ने हो त्यो गर्न सकेको छैन । निजी र गैरसरकारी क्षेत्रले गरेको स्वास्थ्यको लगानीमा अझै सरकार गम्भीर बन्न सकेको छैन । तेस्रो सम्मेलनका प्राथमिकता केही पूरा भएका छन् र अरू थप गर्नुपर्नेछ ।”

 

संघका महासचिव डा. सञ्जिव तिवारीले सम्मेलनमा विषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्वकर्ता तथा सरोकारवालाको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्शमार्फत सैद्धान्तिक बहस हुने जानकारी गराए ।

 

‘हेल्थ बियोन्ड हेल्थ’ नामक मुख्यसन्देश सहित सुरु भएको सम्मेलनको पूरक सन्देश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अन्य मन्त्रालयलगायत विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुन एकीकृत रणनीति बनाउने रहेको डा. तिवारीले बताए ।

 

सम्मेलनमा प्रस्तुत कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी अघिल्लो वर्षझैँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत देशभरका सरोकारवाला निकायमा सुझाव सम्प्रेषण गरिने आयोजकले जनाएको छ ।

Share: