ग्रामीण चलचित्र महोत्सवका लागि चलचित्र दर्ता आह्वान

58
0
Share:

काठमान्डौ/नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करणका लागि चलचित्र दर्ता खुला गरिएको छ । आउँदो वर्षको वैशाखमा आयोजना हुने महोत्सवका लागि डकुमेन्ट्री, सर्ट फिल्म, फिचर फिल्म र भाषाभाषीका चलचित्र दर्ताका लागि आह्वान गरिएको हो ।

 

सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सवको उद्देश्य ग्रामीण बजारमा नेपाली चलचित्र पुर्याउँदै पर्यटन प्रवर्द्धन गर्नु रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिएका छन् ।

 

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण भएका स्वदेशी चलचित्रहरूलाई प्रोत्साहन गरिनेछ । जुरी टिमले छनोट गरेका चलचित्रहरू स्क्रिनिङ गरिने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने योजना रहेको उनको भनाइ छ ।

Share: