
काठमान्डौ/बागलुङ कालिका भगवती मन्दिरमा मङ्सिरमा २९ लाख बढी आम्दानी भएको छ । कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अनुसार मङ्सिरमा मन्दिरमा २९ लाख १२ हजार छ सय ९० आम्दानी भएकामा १४ लाख ३७ हजार ३९ खर्च भएको छ । मङ्सिरमा १४ लाख ७४ हजार छ सय ५१ बचत भएको छ ।
गुठीका अध्यक्ष कुमार खड्काका अनुसार मन्दिरमा भक्तजनले समर्पण गरेको भेटीबाट १७ लाख आठ हजार छ सय ४०, चामल बिक्रीबाट ३५ हजार एक सय, बोकाबाट एक लाख दुई सय ५०, कुखुराबाट सात हजार छ सय, राँगोबाट दुई हजार, सटर भाडा तीन लाख नौ हजार पाँच सय ४०, विवाहबाट १० हजार पाच सय, वनभोजस्थलबाट एक हजार, आर्थिक सहयोग ४३ हजार दुई सय १०, परेवा बिक्रीबाट छ लाख ५४ हजार सात सय ५०, व्रतबन्धबाट नौ सय, पण्डितबाट १८ हजार चार सय आम्दानी भएको छ ।
कर्मचारीहरूको तलबमा चार लाख पाँच सय, बिजुलीमा ३५ हजार नौ सय ३०, पूर्वाधार विकासमा पाँच लाख २८ हजार छ सय ९८, पूजा खर्च ५५ हजार, पोशाकमा ५३ हजार, विज्ञापन खर्च छ हजार, मेसिन तथा उपकरण २८ हजार, खाद्यान्न र आवासमा ७८ हजार, मर्मतसम्भारमा १७ हजार, यातायात तथा भ्रमणमा एक लाख तीन हजार आठ सय खर्च भएको गुठीका कोषाध्यक्ष रमेश खड्काले जानकारी दिए ।