यू-१६ फुटबल : भुटानले नेपाललाई ५-१ को फराकिलो गोलअन्तरले हरायो

49
0
Share:

काठमान्डौ/ मैत्रीपूर्ण फुटबलमा भुटानको महिला यु-१६ टीमले नेपाललाई ५-१ को फराकिलो गोलअन्तरले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालको महिला यु-१६ टिमले हार व्यहोरेको हो ।

 

भुटानले ५ गोल ठोकिसकेपछि खेलको ८५ औँ मिनेटमा नेपालले एक गोल गर्‍यो । सब्स्टीच्यूट खेलाडी सविना तामाङले हेड गोल गर्दै नेपाललाई सान्त्वना दिलाएकी थिइन् ।

 

मैत्रीपूर्ण फुटबल खेल्न भुटानको महिला यु-१९ र यु-१६ गरी दुई उमेर समूहका टोली नेपाल आएका छन् ।

Share: