Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
इलाममा नागरिक शान्ति सेवा भवन निर्माण सुरु – Lekhanpeeth

इलाममा नागरिक शान्ति सेवा भवन निर्माण सुरु

146
0
Share:

काठमान्डौ/कोशी प्रदेश सरकारले इलाम नगरपालिका-८ तिल्केनीमा नागरिक शान्ति सेवा भवन निर्माण सुरु गरेको छ । प्रदेश सरकारको रु. ५० लाख अनुदान सहयोग र जिल्लास्थित मानवअधिकार मञ्च नेपालको व्यवस्थापनमा उक्त भवन निर्माण सुरु गरिएको हो ।

 

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले भवनलाई मानवअधिकार रक्षाका लागि सुरक्षित आवास गृहका रूपमा प्रयोग गर्न सकिने बताए । “जिल्लामा आवास गृह अभाव छ, कतिपय घटनाका पीडितलाई सुरक्षित आवासको समस्या छ । यो भवनको सदुपयोग त्यस्तो काममा गर्न सकिन्छ”, उनले भने, “आगामी वर्ष भवन निर्माणका लागि प्रदेश सरकारले थप सहयोग गर्छ ।”

 

उक्त भवन २२ कोठाको हुने मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले जानकारी दिए । “भवन तीनतले बन्छ, हाल रु. ३० लाखमा ठेक्का लागेर काम सुरु भएको छ । छ महिनामा निर्माण सम्पन्न हुन्छ”, उनले भने ।

 

मञ्च अध्यक्ष मोहनसिंह थेबेले मानवअधिकार रक्षामा भवनको प्रयोग गरिने बताए । हिंसामा परेका पीडित महिला तथा बालबालिकाको उद्धार गर्न मनोसामाजिक परामर्श यहाँबाट सञ्चालन गरिने उनको भनाइ छ ।

Share: