सुन-चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

Share:

काठमान्डौ/नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । आज तोलाको एक हजार एक सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

शुक्रबार प्रतितोला सुन एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

 

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला तीस रुपैयाँले बढेर आज प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने चाँदी एक हजार सात सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Share: