चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक अल्बानियामा पनि प्रतिबन्धित

48
0
Share:

काठमान्डौ/चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक अल्बानियामा पनि प्रतिबन्धित भएको छ । अल्बानियाका प्रधानमन्त्री एडी रामाले एपमाथि एक वर्षसम्म प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । गएको महिना एक जना विद्यार्थीको हत्यापछि बालबालिकामा यसले पारेको प्रभावबारे चिन्ता र चासो बढाइरहँदा यो निर्णय गरिएको हो । प्रस्तावित प्रतिबन्ध जनवरीदेखि सुरु हुने रामाले भनेका छन् ।

 

 

यस प्रतिबन्धबारे टिकटकले भने अल्बानियन सरकार तत्कालै स्पष्टीकरण सोध्ने बताएको छ । १४ वर्षको बालकका चक्कु हानेर मारेको आरोप लगेका पुरुषको आफ्नै टिकटक खाता भए नभएको प्रमाण फेला नपरेको कम्पनीले भनेको थियो । राजधानी तिरानामा शिक्षक, अभिभावक र मनोवैज्ञानिकहरूसँग प्रधानमन्त्रीले भेटघाट गरेका थिए । यस भेटमा उनले टिकटकलाई ‘छिमेकको ठग’ भनेका थिए ।

Tagstiktok
Share: