निगमको विमानमा अचेत लिम्बूको मृत्यु

76
0
Share:

काठमान्डौ/नेपाल वायुसेवा निगमको विमानमा हङकङ–काठमाडौं यात्राका क्रममा अचेत भएका यात्रुको मृत्यु भएको छ । शनिबार (हिजो) हङकङबाट काठमाडौं आउने क्रममा ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बू अचेत भएका थिए । अचेत लिम्बूलाई अस्पतालले मृत घोषणा गरेको हो ।

 

निगमको आरए ४१० उडानमार्फत हङकङबाट काठमाडौं आउने क्रममा विमानभित्रै उनी अचेत भएका थिए । अचेत लिम्बूलाई विमानका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

 

लिम्बूलाई कुनै स्वास्थ्य समस्याका बारेमा त्यसअघि कसैले विमान पक्षलाई जानकारी नगराएको पौडेलले बताए । अचेत लिम्बूलार्ई उपचारका निम्ति सिनामंगलस्थित केएमसी अस्पतालमा पठाइएको थियो ।

Share: