Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रपति पौडेलसँग पाँच देशका नवनियुक्त राजदूतले लिए शपथ – Lekhanpeeth

राष्ट्रपति पौडेलसँग पाँच देशका नवनियुक्त राजदूतले लिए शपथ

Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

 

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनियताको शपथ लिएका हुन्।

 

शपथ लिनेमा रुसी महासंघको राजदुतमान नियुक्त जंगबहादुर चौहान, संयुक्त अधिराज्यको राजदूतमा नियुक्त चन्द्रकुमार घिमिरे, स्पेनको राजदुतमा नियुक्त शनिल नेपाल, गणतन्त्र कोरियाको राजदूतमा नियुक्त डा. शिवमाया तुम्बाहाङ्फे र भारतको राजदूतमा नियुक्त डा. शंकर प्रसाद शर्मा रहेका छन्।

 

उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

Share: