रविलाई सांसदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको अनुरोध

70
0
Share:

काठमान्डौ/सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाले सभामुख देवराज घिमिरेलाई अनुरोध गरेको छ। रास्वपाका सांसदहरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले सोमबार सिंहदरबारमा सभामुखलाई भेटेर रविलाई निलम्बन नगर्न आग्रह गरेका छन्।

 

उनीहरूले कांग्रेस सांसद टेकबहादुर गुरुङको उदाहारण दिँदै रविलाई निलम्बन गर्न नमिल्ने बताएका छन्। सभामुख घिमिरेले उनीहरुलाई संविधान, कानुन र संसद नियमावली हेरेर निर्णय जवाफ दिएको बताएको छ।

 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएका रविलाई निलम्बन गर्न सरकारी वकिलको कार्यालयले संघीय संसद सचिवालयलाई आइतबार साँझ नै पत्र पठाइसकेको छ।

Share: