असदका समर्थकले सिरियामा गरेको आक्रमणबाट १४ सुरक्षाकर्मीको मृत्यु

51
0
Share:

काठमान्डौ/सिरियाका सरकारी अधिकारीहरूले पूर्वराष्ट्रपति बसर अल–असदका समर्थकहरूले गरेको आक्रमणमा १४ सुरक्षाकर्मीको मृत्यु भएको बताएका छन् ।

 

यस आक्रमणमा १० जना घाइते पनि भएका छन् । मंगलबार टार्टस बन्दरगाहनजिकै यो हमला भएको अधिकारीहरूले बताएका छन् ।

 

सुरक्षाकर्मीहरू सिरियाका एक पूर्वअधिकारीलाई पक्राउ गर्न गएका थिए, सो बेला उनीहरूमाथि आक्रमण भएको थियो ।

Share: