Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै – Lekhanpeeth

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै

170
0
Share:

काठमान्डौ/गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)निष्कासन गर्ने भएको छ ।

 

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोडको ३० प्रतिशत अर्थात प्रतिकित्ता सय रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

 

जसमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि २ करोड २५ लाख रुपैयाँको २ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको छ ।

 

यस्तै सामुहिक लगानी कोषका लागि १ करोड १२ लाख ५० हजार रुपैयाँको १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याएको छ । यस्तै कम्पनीका कर्मचारीका लागि ६७ लाख ५० हजार रुपैयाँको ६७ हजार ५०० कित्ता सेयर निष्कासन गरेको छ ।

 

अब सर्वसाधारणका लागि बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

Share: