प्रधानमन्त्री ओलीद्वारा मनमोहन सिंहको निधनप्रति श्रद्धाञ्जली व्यक्त

191
0
Share:

काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

 

ओलीले समाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली अर्पण गर्दै लेखेका छन्, ‘मित्रराष्ट्र भारतका पूर्व प्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु। दिवंगत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’

 

सिंहको गएराति दिल्लीस्थित एम्स अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो।

Share: