Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना – Lekhanpeeth

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

198
0
Share:

काठमान्डौ/पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज देशका अधिकांश स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना छ।

 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा ​हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

 

यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश तथा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

 

पश्चिमी न्यूनचापीय मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने महाशाखाले उल्लेख गरेको छ ।

Share: