
काठमान्डौ/वीरगन्जमा मालबाहक ट्रकबाट १६० गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रकका धनीसमेत रहेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ कमानेका ४४ वर्षीय कृष्ण घलान र चितवनको राप्ती नगरपालिका–३ झुरझेरका २० वर्षीय राजाल विश्वकर्मा रहेका छन् ।
आइतबार राति परवानीपुरबाट वीरगन्जको ड्राइपोर्टतर्फ आउँदै गरेको ना. ३ ख ४२१२ नम्बरको ट्रक वीरगन्ज महानगरपालिका–१८ भवानीपुरमा प्रहरीले रोकेर चेकजाँच गर्दा ट्रकको हुटमा फल्स बटम बनाएर लुकाएर राखिएको १६ वटा पोकामा रहेको १ क्वीन्टल ६० केजी गाँजा बरामद भएको हो ।