Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रास्वपा सांसद सोविता बाबुराम निवासमा – Lekhanpeeth

रास्वपा सांसद सोविता बाबुराम निवासमा

216
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईलाई भेट्न उनकै निवासमा पुगेकी छन्। सांसद गौतम मंगलबार बिहान श्रीमान् गृहेन्द्र घिमिरेसहित भट्टराई निवास पुगेकी हुन्।

 

बाबुरामसँगको भेटमा वैकल्पीक राजनीतिको भविष्यबारे छलफल भएको बताइएको छ। ‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तीसँग देशको अर्थ–राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श,’ भेटबारे भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्।

 

रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा हिरासतमा रहेपछि रास्वपा र बाबुरामबीच छलफल तथा भेटघाट बाक्लिएको छ।

 

Share: