Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रचण्डले बिपीलाई ढिलो बुझ्दा देशमा हिंसात्मक द्वन्द्व भयो : कांग्रस महामन्त्री शर्मा – Lekhanpeeth

प्रचण्डले बिपीलाई ढिलो बुझ्दा देशमा हिंसात्मक द्वन्द्व भयो : कांग्रस महामन्त्री शर्मा

183
0
Share:

काठमान्डौ/नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिपी कोइरालालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुझ्न ढिला गर्दा देशले १० वर्षे हिंसात्मक आन्दोलन द्वन्द्व खेप्नु परेको बताएका छन्। सोमबार पूर्वकर्मचारी समाज नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

 

‘समाजलाई बिपीले पहिल्यै सँगै जाऔं भन्नुभयो। कम्युनिस्ट आन्दोलनले यो कुरा बुझ्दैगर्दा ढिलो भएको उदाहारण हो, कमरेड प्रचण्ड हुनुपर्छ। मदन भण्डारीले जुन कालखण्डमा वीपीलाई बुझ्नुभयो, त्यही कालखण्डमा प्रचण्डले बुझ्नुभएको भए १० वर्षे हिंसात्मक द्वन्द्व हुँदैन थियो। यतिधेरै मान्छे मारिनु पर्दैन थियो,’ उनले भने।

 

उनले प्रचण्ड पहिलोपटक प्रधानमन्त्री भएपछि सुन्दरीजलको जेलमा गएर बिपीका सामानहरू हेर्ने सुमसुम्याउने मात्रै भएको बताए।

 

‘प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुनुभयो, सुन्दरिजलको जेल जानुभयो, बिपीले प्रयोग गरेका सामान हेर्नुभयो, बिपीले प्रधानमन्त्री छँदा लगाएको कोट सुमसुम्याउनुभयो। अनि बाहिर मिडियामा निस्केर भन्नुभयो, बिपी मेरो प्रेरणाको स्रोत भन्नुभयो,’ उनले भने। बोली अनुरुप प्रचण्डको व्यवहार झल्किन नसकेको उनको भनाइ छ।

 

Share: