नप्सेमा सामान्य वृद्धि, कारोबार ३ अर्बमा सीमित

49
0
Share:

काठमान्डौ/आज दिनभरमा ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार रुपैयाँ बराबरको ९४ लाख ३४ हजार ९ कित्ता शेयर मात्र कारोबार भएको छ ।

 

१५० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०५ वटा कम्पनी कारोबारमा आउँदा ४३ हजार ७२९ पटक शेयर किनबेच भएको छ ।

 

५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

 

आज १३ समूहमध्ये ८ समूहको शेयर मूल्य बढेको छ भने ५ समूहको शेयर मूल्य घटेको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.८७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम लगानी समूह ०.०९ प्रतिशतले बढेको छ ।

 

सबैभन्दा बढी वाणिज्य बैंक समूह ०.७२ प्रतिशतले घटेको छ भने सबैभन्दा कम जीवन बिमा ०.०६ प्रतिशतले घटेको छ ।

Share: