राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना

44
0
Share:

काठमान्डौ/रघुगंगा गाउँपालिका-२ स्थित सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजाको प्रबन्ध गर्न रु. ९० लाखको अक्षयकोष स्थापना भएको छ । गत असोजमा आयोजित महायज्ञबाट संकलन भएको उक्त रकमबाट अक्षयकोष स्थापना भएको हो ।

 

महायज्ञबाट संकलन भएको रु. एक करोड १० लाखमध्ये रु. १८ लाख ५० हजार खर्च भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिए । मन्दिरमा पुजारीका साथै नियमित पूजाको प्रबन्ध गरिएको छ ।

 

म्याग्दीको यो प्रसिद्ध शक्तिपीठको पुरातत्व विभागले तीन वर्षअघि रु. ६२ लाखको लागतमा पुनर्निर्माण गरेको हो ।

Share: