सुनचाँदीको मूल्य बढ्यो

72
0
Share:

काठमान्डौ/नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बुधबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार रुपैयाँ कायम भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २५ रुपैयाँले बढेर तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य १ हजार ७६५ रुपैयाँ कायम भएको थियो ।

Share: