Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
शेरा दरबारको जग्गा कानुन विपरीत भए फिर्ता ल्याइयोस् : प्रचण्ड – Lekhanpeeth

शेरा दरबारको जग्गा कानुन विपरीत भए फिर्ता ल्याइयोस् : प्रचण्ड

185
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरा दरबारको जग्गाबारे कानूनविपरीत काम भएको भए सरकारको नाममा फिर्ता ल्याउन माग गरेका छन्।

 

उनले शेरा दरबारको जग्गा फिर्ता ल्याउने सवालमा आफ्नो सहयोग रहने र फिर्ता ल्याए सरकारलाई धन्यवाद भन्ने पनि बताए। उनले राज्य र सरकारको जमिन व्यक्तिको नाममा ल्याउनेलाई कानूनी कारवाही गर्नुपर्छ भनेर आफूले भन्दै आएको बताए।

 

उनले भने, ‘भ्रष्टाचारको सवालमा म प्रधानमन्त्री हुँदा जो कोही होस्, कानूनको दायरामा ल्याउनुपर्छ भनेको थिएँ। मलाई लाग्छ, माननीय सदस्यहरुले त्यतिवेला यदि छानबिन गर्दै जाँदा प्रचण्ड नै देखापर्यो भने त्यसको लागिपनि छानबिनको दायरामा ल्याउनुपर्छ भनेर पहिलोपटक बोल्ने प्रधानमन्त्री सायद म नै थिएँ। अहिले यही शेरा दरबारको कुरापनि चर्चा सुनेपछि मैले अस्ति झापाको एउटा कार्यक्रममा बोलेको पनि थिएँ, दोषीलाई कारबाही गरियोस्। सरकारलाई सहयोग गर्न म तयार छु भनेको थिएँ। अहिले अरु धेरै भन्नु केही पनि छैन। खाली सरकारलाई के भन्छु भने कानूनविपरित काम भएको छ भने, जसरी ललिता निवासको कयौं रोपनी जग्गा चाहीँ सरकारको नाममा फिर्ता ल्याइयो, त्यसैगरि शेरा दरबारको पनि जग्गा फिर्ता भयो भने म सरकारलाई सहयोगमात्रै होइन धन्यवाद पनि भन्नेछु। धन्यवाद।’

Share: