Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मुगुमा भूकम्पको धक्का – Lekhanpeeth

मुगुमा भूकम्पको धक्का

201
0
Share:

काठमान्डौ/शुक्रबार बिहान मुगुमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेर तीन मिनेट जाँदा भूकम्प गएको हो। केन्द्रका अनुसार मुगेको लुमा आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो। पछिल्लो समय पश्चिम नेपालमा लगातार सानोसानो भूकम्प गइराखेको छ।

 

पछिल्लो समय सुदूरपश्चिम र कर्णालीमा लगातार भूकम्प गइरहेको छ। केन्द्रको तथ्यांक अनुसार बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री आसपास केन्द्रबिन्दु बनाएर पुस ६ मा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएपछि लगातार भूकम्पले धक्का दिइराखेको छ। यो भूकम्पपछि दार्चुला, जाजरकोट, बैतडी र मुगुमा चार म्याग्निच्यूडभन्दा ठुला भूकम्प गइसकेका छन्।

 

केन्द्र अनुसार सुदूरपश्चिम र कर्णालीमा यो वर्ष पुस १६ सम्ममा चार म्याग्निच्युडभन्दा माथिको भूकम्प ९ पटक गइसकेको छ। त्यो भन्दा साना भूकम्प दर्जनौ पटक गइसकेका छन्।

Share: