Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
क्यालिफोर्नियामा विमान दुर्घटना : २ जनाको मृत्यु – Lekhanpeeth

क्यालिफोर्नियामा विमान दुर्घटना : २ जनाको मृत्यु

137
0
Share:

काठमान्डौ/अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो ओरेन्ज काउन्टीको फुलर्टन सहरमा एउटा सानो विमान उडानको क्रममा भवनको छतमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा २ जनाको मृत्यु भएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

 

झन्डै २ सय जना काम गरिरहेको एउटा फर्निचर बनाउने भवनको छतमा विमान ठोक्किएको थियो । घटनास्थलमा प्रहरी र दमकलले आगो नियन्त्रणमा लिएका थिए । मृतक र घाइतेहरू विमानका हुन् कि घरमा काम गरिरहेका हुन् भन्ने यकिन हुन सकेको छैन ।

 

एबीसीले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा भने ठुलो भवनको माथिबाट सेतो धुवाँ निस्किरहेको देख्न सकिन्छ । विमान फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भएको हो ।

Share: