बलात्कारको आरोपमा एकजना पक्राउ

114
0
Share:

काठमान्डौ/रुकुम पूर्वमा बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुमे गाउँपालिका–७ स्थित लाभाङका २९ वर्षीय सुर्जे रोका मगर छन् ।

 

उनलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । मगरमाथि ३२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । प्रहरीका अनुसार, ती महिलालाई आइतबार बिहान बलात्कार गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share: