Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गाजा युद्ध विराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी – Lekhanpeeth

गाजा युद्ध विराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी

126
0
Share:

काठमान्डौ/इजरायलले शनिबार गाजा युद्ध विराम र बन्धक मुक्त सम्झौताका लागि कतारमा वार्ता पुनः सुरु भएको पुष्टि गरेको छ । गाजा शहरमा रहेको अल-घौला परिवारको घरमा बिहान भएको हवाई आक्रमणमा परी ११ जनाको मृत्यु भएकै दिन वार्ता सुरु भएको प्यालेष्टिनी प्रहरीले जनाएको छ ।

 

इजरायलका रक्षामन्त्री इजरायल काट्जले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणमा बन्धक बनाइएका व्यक्तिहरूको रिहाइका लागि कतारमा हमाससँग अप्रत्यक्ष वार्ता सुरु भएको पुष्टि गरेका छन् । बन्धकमध्येकी एक महिला सैनिक लिरी अल्बागका आफन्तलाई मन्त्रीले ‘बन्धकहरूलाई मुक्त गर्ने प्रयास भइरहेको र वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल शुक्रबार कतारमा पुगेको बताएका छन् ।

 

काट्जका अनुसार प्रधानमन्त्री बेनाजामिनले ‘वार्ताका लागि विस्तृत निर्देशन’ दिएका छन् । हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडले गाजामा अल्बागलाई कैदमा राखेको भिडियो सार्वजनिक गरेपछि उनले यस्तो बताएका हुन् ।

 

साढे तीन मिनेट लामो रेकर्डिङमा १९ वर्षीया ती युवतीले हिब्रु भाषामा इजरायली सरकारलाई आफ्नो रिहाइका लागि आग्रह गरेको सुन्न सकिन्छ, यद्यपि, भिडियोको आधिकारिकताबारे पुष्टि गर्न नसकिएको एएफपीका स्थानीय संवाददाताले जनाएका छन् ।

 

भिडियो सार्वजनिक भएपछि अल्बाग परिवारले नेतन्याहूलाई अपिल जारी गर्दै भनेको छ, “गाजामा तपाईँका आफ्नै छोराछोरी बनाइएका छन् भनी युद्ध विराम सम्झौताका लागि निर्णय लिने समय आएको छ।”हाल गाजामा ९६ जना इजरायली बन्धक रहेका छन्, जसमध्ये ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

Share: