Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सहकारी ठगी प्रकरण : रवि लामिछानेका पक्षधर वकिलको बहस सुरू – Lekhanpeeth

सहकारी ठगी प्रकरण : रवि लामिछानेका पक्षधर वकिलको बहस सुरू

176
0
Share:

काठमान्डौ/पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी रवि लामिछानेको पक्षधर वकिले थुनछेक बहस सुरू गरेका छन्।

 

सोमबारदेखि पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकातर्फबाट बहस सुरु भएको हो। सो सहकारी ठगीमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछाने गत कात्तिक २ गते देखि कास्की प्रहरी हिरासतमा रहेका छन्।

 

आजबाट उनको पक्षमा सुरू भएको थुनछेक बहसका लागि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, हरि सुवेदी, डा. नारायण घिमिरे, रमण श्रेष्ठ, सुरेन्द्र थापा मगरसँगै आधा दर्जन अभिबक्ताले बहस गर्दैछन्।

 

शुक्रबारदेखि प्रतिवादीका तर्फबाट बहस सुरु भएपनि यसअघि गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक पूर्व डीआइजी छविलाल जोशी र लीला पछाईका कानुन व्यवसायीले बहस गरेका थिए।\

Share: