Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण – Lekhanpeeth

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

189
0
Share:

काठमान्डौ/अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा रहेकै समय उत्तर कोरियाले सोमबार क्षेप्यास्त्र परीक्षण गरेको छ । क्षेप्यास्त्र परीक्षणपछि उनले प्योङयाङले अत्याधुनिक अन्तरिक्ष प्रविधिका लागि रुससँग अझ नजिकबाट काम गरिरहेको बताएका छन्।

 

दक्षिण कोरियाले ‘मार्शल ल’ लागू गर्ने असफल प्रयासको लागि महाभियोग लगाइएपछि आफ्नो निवासमा थुनिएका कन्जरभेटिभ राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्ने प्रयास गरिरहेका बेला ब्लिन्केनको भ्रमण भएको हो ।

 

दक्षिण कोरियालाई जापानसँग सहयोग बढाउने युनको नीतिलाई कायम राख्न प्रोत्साहित गर्ने योजना बनाएका ब्लिन्केन सियोलमा वार्तामा रहेकै समय उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको र उक्त क्षेप्यास्त्र समुद्रमा खसेको थियो। सोमबार प्रहरा गरिएको क्षेप्यास्त्र करिब एक हजार १०० किलोमिटर (६८० माइल) सम्म उडेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

 

ब्लिन्केनले उत्तर कोरियाबारे त्रिपक्षीय अभ्यास र गुप्तचर आदानप्रदानमा वृद्धि भएको तर्फ सङ्केत गर्दै भने, “आजको प्रक्षेपणले हामी सबैलाई हाम्रो सहयोगात्मक कार्य कत्तिको महत्वपूर्ण छ भन्ने कुराको स्मरण गराएको छ ।”

 

ब्लिन्केन र उनका दक्षिण कोरियाली समकक्षी चो ताइ–युलले संयुक्त पत्रकार सम्मेलनमा उत्तर कोरियालाई युक्रेनविरुद्ध लड्न सहयोग गरेबापत रूसले उत्तर कोरियालाई सहयोग गरेको बताए। ब्लिन्केनले भने, “उत्तर कोरियाले रूसी सैन्य उपकरणमा तालिम प्राप्त गरिसकेको छ । अब मस्कोले प्योङयाङसँग उन्नत अन्तरिक्ष र उपग्रह प्रविधि साझेदारी गर्न चाहेको भन्ने हामीसँग विश्वास गर्ने आधार बनेको छ ।”

 

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को भिटो अधिकार प्राप्त सदस्य रूसले उत्तर कोरियालाई आणविक राष्ट्रका रूपमा औपचारिक रूपमा स्वीकार गर्ने र प्योङयाङले आफ्नो कार्यक्रम अन्त्य गर्नुपर्छ भन्ने विश्वव्यापी सहमतिलाई ठूलो धक्का लाग्ने चिन्ता ब्लिन्केनले व्यक्त गरे।

 

अमेरिकी र दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार उत्तर कोरियाले गत वर्षको अन्त्यतिर युक्रेनविरुद्ध लड्न हजारौं सैनिक पठाएको थियो र सयौँको मृत्यु भइसकेको छ ।

Share: