
काठमान्डौ/राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले काठमाडौंको मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले लामो समयसम्म पनि निर्माण सम्पन्न हुन नसकेको मूलपानी क्रिकेट मैदानको छिटो निर्माणसम्पन्न गर्नका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै बैठकले राष्ट्रिय गौरवका आयोजनाका लागि जनशक्तिलगायत आवश्यक पूर्वाधार तयार गरि खेलकुदका आयोजनाहरूलाई समयमा नै सम्पन्न गर्ने गरि काम गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।