Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ऋषिकेश पोखरेल पत्नी अञ्जलालाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश – Lekhanpeeth

ऋषिकेश पोखरेल पत्नी अञ्जलालाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

178
0
Share:

काठमान्डौ/ जिल्ला अदालत मोरङले सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई बुधवार धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

 

मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फारार रहेकी उनी बुधबार बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो ।

 

गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना आरोपमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । कोइराला पेशाले शिक्षक समेत हुन् ।

Share: