
काठमान्डौ/लसएन्जलसमा दश हजार एकडमा फैलिएको आगलागीका कारण पाँचजनाको मृत्यु भएको छ । अल्टाडेना क्षेत्रको इटनमा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।
लसएन्जलस काउन्टी फायर चिफ एन्थोनी मार्रोनका अनुसार इटनको आगो अहिले दश हजार ६०० एकडमा फैलिसकेको छ । नियन्त्रणमा आउन सकेको छैन । उनले भने, “पाँच नागरिकको मृत्यु भएको छ । केही घाइते भएका छन् । हालसम्म एक हजारभन्दा बढी घर क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।”
एन्थोनी मार्रोनले क्यालिफोर्नियालगायत एरिजोना बाहिरका अधिकारीहरू पनि अग्नि नियन्त्रकहरूलाई सहयोग गरिरहेका छन् । लसएन्जलसको जंगलमा लागेको आगो लगातार फैलिरहेको छ । आगलागी फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै आपतकाल घोषणा गरिएको छ ।
सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी दिइएको छ ।