१८ अंकले घट्यो

82
0
Share:

काठमान्डौ/विदेशी नयाँ वर्ष सन् २०२५ देखि लगातार बढेको शेयर बजार आज भने घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा पुगेको छ । आज नेप्से ०.६८ प्रतिशतले घट्दा कारोबार भने वृद्धि भएको छ । आज ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर कारोबार भएको छ ।

 

आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८० वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३०८ वटा कम्पनी कारोबारमा आउँदा ७३ हजार ३०९ पटक शेयर किनबेच भएको छ ।

 

आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सप्तकोसी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । दिनभरमा १३ वटा समूहमध्ये होटल तथा पर्यटन बाहेक सबै समूह राताम्य भएको छ । आज होटल तथा पर्यटन समूह ०.९९ प्रतिशतले बढेर ६ हजार ६९६.३५ विन्दुमा पुगेको छ ।

 

आज सबैभन्दा बढी फाइनान्स समूह २.९३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअवल फण्ड समूह ०.२१ प्रतिशतले घटेको छ ।

Share: