प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भव : सभापति देउवा

67
0
Share:

काठमान्डौ/पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राकृतिक स्रोतसाधनको समुचित प्रयोगबाटै मुलुकको आर्थिक विकास सम्भव हुने बताएको छ ।

 

बेनीमा आजदेखि सुरु आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ को उद्घाटन गदै देउवाले जल, जमिन र जङ्गलको सदुपयोगबाट रोजगारी सृजना र आयआर्जजनका अवसर सिर्जना गर्न सकिने धारणा व्यक्त गरे ।

 

“प्राकृतिक स्रोतसाधनको व्यवस्थापनमा निजी क्षेत्रलाई सहभागी बनाउने नीति निर्माणका लागि राजनीतिक रुपमा प्रयास भएको छ”, उनले भने, “लगानीमैत्री वातावरण बनाएर उद्योग व्यवसायलाई घरासायी हुनबाट बचाउन नीतिगत सुधारको काम थालेका छौँ ।” उद्योग, व्यवसायीको पीरमर्का सम्बोधन गर्न र हकहितका लागि नेपाली कांग्रेस सधैँ साथमा रहने उनले प्रतिबद्धता जनाए ।

 

फरक प्रसङ्गमा देउवाले म्याग्दी हुँदै ढोरपाटन जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक आयोजनाका रुपमा विकास गर्न बजेट व्यवस्थापन गर्न सम्बद्ध मन्त्रालयमा पहल गर्ने प्रतिबद्धता जनाए । बराबरको व्यापारिक कारोबार हुने अनुमान गरिएको छ । म्याग्दीको पर्यटन, कृषि, जलविद्युत्, खनिज, वन पैदावारजन्य उद्योग व्यवसायमा लगानी भित्र्याउन, संस्कृति संरक्षण, प्रतिभा पहिचान, प्रवर्द्धन र खेलकुदलाई पनि महोत्सवसँग जोडिएको अध्यक्ष श्रेष्ठले बताए ।

 

स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य उत्पादनको प्रर्दशनी, पुरुष–महिला भलिबल, बास्केटबल, लोकदोहोरी गीत, कलाकारहरुको प्रस्तुति महोत्सवका आकर्षक रहने म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ । पुख्र्यौली नाच, रत्यौली गीत, भजन, म्याग्दी आइडल, एकल लोकनृत्य, जतजातिको भाँकी प्रदर्शनी पनि आयोजना गरिएको छ ।

Share: