Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
योगलाई हरेक विद्यालय र विद्यार्थीको अभ्याससँग जोडौँ : शिक्षामन्त्री – Lekhanpeeth

योगलाई हरेक विद्यालय र विद्यार्थीको अभ्याससँग जोडौँ : शिक्षामन्त्री

151
0
Share:

काठमान्डौ/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षासँग योग जोडेर समाजलाई समृद्ध बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएकी छन्।

 

राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा मंगलबार आयोजित समारोहमा उनले विद्यालय तहबाटै योगलाई जीवनसँग जोड्न थालनी गर्नुपर्ने बताइन् । उनले योगलाई कक्षाकोठा र विद्यार्थीको जीवनसँग जोड्न मन्त्रालय प्रयासरत रहेको जानकारी दिइन्।

 

‘योगलाई हरेक विद्यालय र विद्यार्थीको अभ्याससँग जोडौँ । संस्थागत र समृद्ध विद्यालयमात्र हैन सार्वजनिक विद्यालयका विपन्न विद्यार्थीको मनोबल बढाउनलाई पनि योग अनिवार्य गर्नुपर्छ,’ मन्त्री भट्टराईले भनिन्।

 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले योगलाई विद्यालय पाठ्यक्रममा समावेश गर्न आफूले मन्त्रालयका तर्फबाट हर सम्भव सहयोग गर्ने बताइन्।

 

उनले स्वस्थ समाजबाट नै समुन्नत राष्ट्र निर्माणमा योगदान पुग्ने भएकाले योगलगायत स्वास्थ्यलाई सधैँ स्वस्थ राख्न हरेक नागरिक सचेत हुनुपर्नेमा जोड दिइन्। योगको प्रचारप्रसार पनि कम भएको चर्चा गर्दै यसलाई देशका सबै विद्यालयमा पुर्‍याउन आवश्यक छ भनिन्।

Share: