Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी – Lekhanpeeth

विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी

Share:

काठमान्डौ/प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुको बैठक सिंहदरबारमा बसिरहेको छ । माओवादीको आह्वानमा माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।

 

बैठकमा सरकारको कार्यशैली, संसद नबोलाउनुको कारण लगायतका विषयमा छलफल भइरहेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

 

बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, नेपाल समाजवादी पार्टीबाट अध्यक्ष माधवकुमार नेपाल, नेता बेदुराम भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, राप्रपा नेता बुद्धिमान तामाङ, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी छन् ।

 

संसद बोलाउनुपर्ने अवस्थामा अध्यादेश ल्याएको भन्दै सरकारको आलोचना भइरहेका बेला माओवादीले विपक्षीहरूसँग छलफल गरेको हो ।

Share: