Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संवैधानिक आयोगको नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुँदै – Lekhanpeeth

संवैधानिक आयोगको नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

147
0
Share:

काठमान्डौ/अध्यादेशमार्फत् संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिटमाथि बुधबार सुनुवाई हुँदैछ।

 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिटको सुनुवाइका लागि बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेसी तोकिएको छ। आज सो रिटको पेशी दोस्रो नम्बरमा नै तोकिएको हुँदा सुनुवाइको सम्भावना बढी छ।

 

२०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटको सुनुवाइका लागि आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीशहरु हरि फुयाल, मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठ सम्मिलित संवैधानिक इजलास गठन गरिएको थियो।

 

तत्कालीन प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गरी विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्यहरूलाई नियुक्त गरेका थिए। उक्त नियुक्ति बदरको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

 

Share: