Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कांग्रेसका सबै मन्त्रीलाई बूढानीलकण्ठ बोलाइयो – Lekhanpeeth

कांग्रेसका सबै मन्त्रीलाई बूढानीलकण्ठ बोलाइयो

Share:

काठमान्डौ/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन्। बिहीबारका लागि देउवाले सबै मन्त्रीलाई बूढानीलकण्ठ बोलाएका हुन्।

 

पार्टीबाट सरकारमा सहभागी मन्त्रीसँग सामूहिक छलफल गर्न देउवाले उनीहरूलाई बोलाएको बताइएको छ। कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा नेतृत्व गरिरहेका छन्। एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन्।

 

सरकारले ६ महिना वित्दा पनि अपेक्षित रुपमा काम गर्न नसकेको गुनासो भइरहेका बेला देउवाले पार्टीका मन्त्रीलाई बोलाएर छलफल गर्न खोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

Share: