बाह्रबिसेमा आगलागी हुँदा ५ वटा घर जलेर नष्ट

49
0
Share:

काठमान्डौ/संखुवासभाको सभापोखरी गाउँपालिका ६ बाह्रबिसे बजारमा आगलागी हुँदा ५ वटा घर जलेर नष्ट भएको छ ।

 

आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बुको एक-एकवटा र सुरेश तामाङको २ वटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

 

राम बहादुर राईको घरबाट आगलागी सुरु भएको थियो । नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Share: