सेयर बजार ७ अंकले घट्यो

53
0
Share:

काठमान्डौ/साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । आज बजार ७.३३ अंकले घटेर २,५८८.६२ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । बजार घटे पनि ८७ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १५३ कम्पनीको सेयरमूल्य घटेको छ । तीन कम्पनीको सेयरमूल्य स्थिर छ ।

 

बोट्लर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त, मन्दकिनी हाइड्रो, अप्पर हेवाखोला हाइड्रो, एनआईसी एसिया बैंक उच्च कमाउने कम्पनीको शीर्ष स्थानमा रहे । बजार घटे पनि बोट्लर्स नेपाल (बालाजु) लिमिटेड, विन नेपाल लघुवित्त, मन्दकिनी हाइड्रो, अप्पर हेवाखोला हाइड्रोको सेयर सर्किट लेभलमा कारोबार भयो ।

 

बिहीबार पाँच अर्ब ९३ करोड ३७ लाख ११ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । एक करोड १७ लाख कित्ता सेयर ७० हजार पटकमा किनबेच भएको हो ।

 

समूहगत उपसूचकतर्फ जलविद्युत्, उत्पादन, म्युचअल फन्ड, व्यापार र अन्य सूचक बढेको छ । बाँकी समूहको सेयरमूल्य घटेको छ । यसदिन सबैभन्दा बढी फाइनान्स समूहको सेयरमूल्य ५.१९ प्रतिशतले घट्यो ।

Share: