दक्षिण सुडानमा झडप, कम्तीमा १६ जनाको मृत्यु

65
0
Share:

काठमान्डौ/दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपिडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी-इन-अपोजिसन(एसपिएलए- आईओ) बीच भएको झडपमा एक सैनिक सहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

 

नागेरो काउन्टीका कमिश्नर हेनरी बाङ्गडा असायाले हिंसाले ७९ हजार भन्दा बढी मानिसलाई विस्थापित गरेको बताए । यसमध्ये धेरै अहिले झाडीमा लुकेका छन् । “बुधवार साँझ पनि लडाइँ जारी थियो । लडाइँ सुरु भएको ठाउँमा सेनाका भारी हतियारहरू गएको मैले देखेको छु । उनले लडाई पश्चिमी बहर अल गजल राज्यको बाजियामा फैलिएको उल्लेख गरे।”

 

एसएसपीडीएफका प्रवक्ता लुल रुई कोआङले कुब्री-बु ब्रिजमा रहेको अवैध चेकपोस्ट भत्काउन एसपिएलए-आईओ सेनाले अस्वीकार गरेपछि झडप सुरु भएको बताए । कउङका अनुसार, एसपिएलए–आईओ बलहरू मङ्गलबार साँझ एसएसपीडीएफ–नियन्त्रित क्षेत्रमा प्रवेश गरे र आक्रमण सुरु गरे, जसको परिणामस्वरूप एक सैनिकको मृत्यु भयो र तीन जना घाइते भए ।

Share: