Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रास्वपाको कार्यबाहक प्रवक्तामा प्रतिभा रावल – Lekhanpeeth

रास्वपाको कार्यबाहक प्रवक्तामा प्रतिभा रावल

240
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक प्रवक्ताको जिम्मा प्रतिभा रावलले पाएकी छन्।

 

पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले आज रावललाई कार्यवाहक प्रवक्ता तोकेका हुन्। यसअघि सो जिम्मेवारी मनिष झालाई दिइएको थियो।

 

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकेका हुन्। “मिति २०८१।१०।०३ गतेदेखि मिति २०८१।१०।३० गते (ने.सं. ११४५ पोहेलागा तृतीयादेखि सिल्लाथ्व पुन्ही) सम्म कार्यवाहक प्रवक्ता श्री मनिष झा निजी कार्यमा व्यस्त रहनुहुने भएकोले उल्लिखित अवधिका लागि कार्यवाहक सभापति श्री डोलप्रसाद अर्यालबाट सहप्रवक्ता श्री प्रतिभा रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकिएको जानकारी गराउँदछौँ,” कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचनामा उल्लेख छ।

 

Share: