संसद्लाई प्रभावकारी बनाउन मुख्य चार दलका प्रमुख सचेतकहरूबीच छलफल

81
0
Share:

काठमान्डौ/संसद्‌मा प्रतिनिधित्व गर्ने मुख्य चार दलका प्रमुख सचेतकहरूबीच छलफल भएको छ ।

 

शुक्रबार सिंहदरवारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा संसदीय काम कारबाहीका सम्बन्धमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाका प्रमुख सचेतकहरू छलफलमा जुटेका हुन्। छलफलमा चारै दलका मुख्य सचेतक र प्रमुख सचेतकहरू सहभागी थिए ।

 

सरकारले अब छिट्टै संसद् बैठक बोलाउने भएकाले संसद अधिवेशनलाई प्रभावकारी बनाउने लगायतका विषयमा केन्द्रित रहेर छलफल भएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

 

संसदीय समितिमा रहेका विधेयकमा साझा धारणा बनाउने विषयमा पनि छलफल भएको बर्तौलाले बताए । बर्तौलाले भने, ‘कन्टेन र विधेयक अगाडि बढाउने प्रक्रियामा एक ठाउँमा उभिएर प्रभावकारी संयोजन गरेर जाने निष्कर्ष निस्किएको छ ।’

 

‘हाउसमै र संसदीय समितिमा विधेयक अड्किने प्रवृत्ति रोक्ने विषयमा पनि चार दलका नेताहरूबीच छलफल भएको छ । ५/६ वर्षसम्म विधेयक सदनमा रहने अवस्था तोड्न पहल लिने र यसका लागि प्रतिनिधि सभा नियमावलीमा आवश्यक प्रबन्ध गर्ने विषयमा छलफल भएको छ,’ उनले प्रशासनसँग भने ।

Share: