Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पश्चिमी वायुको प्रभाव, हल्का वर्षा र हिमपातको सम्भावना – Lekhanpeeth

पश्चिमी वायुको प्रभाव, हल्का वर्षा र हिमपातको सम्भावना

194
0
Share:

काठमान्डौ/जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराई क्षेत्रमा हुस्सु लागेको छ।

 

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदलीको सम्भावना छ।

 

विशेष गरी बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई सेवामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

Share: