Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
खो खो विश्वकप : फाइनलमा नेपाली दुवै टोली भारतसँग खेल्दै – Lekhanpeeth

खो खो विश्वकप : फाइनलमा नेपाली दुवै टोली भारतसँग खेल्दै

159
0
Share:

काठमान्डौ/खो-खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आइतबार भारतसँग खेल्दै छन्। खेल नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुनेछ। पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका ८ बजे र महिलातर्फको बेलुका सवा ५ बजे सुरु हुनेछ।

 

हिजो भएको सेमिफाइनलमा पुरुषतर्फ नेपालले इरानलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो। यस्तै, भारत दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेको हो।

 

यसैगरी महिला टोलीले हिजो भएको सेमिफाइनलमा युगान्डालाई ८९-१८ ले पराजित गर्‍यो। त्यस्तै भारतले दक्षिण अफ्रिकालाई ६६-१६ ले हराउँदै नेपालसँग फाइनल खेल्न लागेको हो ।

Share: