भिरबाट लडेर महिलाको मृत्यु

35
0
Share:

काठमान्डौ/मकवानपुरमा भिरबाट लडेर शनिबार एक महिलाको मृत्यु भएको छ । भीमफेदी गापा-३ इचुङ बस्ने अन्दाजी ५३ वर्षीया चमेलीमाया पाख्रिनको घाँस काट्न गएका वेला लडेर मृत्यु भएको हो ।

 

चमेली शनिबार घरबाट अन्दाजी ५०० मिटर दक्षिणमा रहेको घट्टेखोलाको भिरमा (आफ्नै बारी नजिकै) घाँस काट्न गएकी थिइन् । दिउँसो ४ बजेतिर भिरबाट लडी २०० मिटर तल खसेर उनकाे मृत्यु भएको मृतकका ज्वाइँले टेलिफोनमार्फत इप्रका भीमफेदी मकवानपुरमा जानकारी गराएका हुन् ।

 

उक्त घटनास्थल इप्रका भीमफेदी मकवानपुरबाट अन्दाजी १३ किमि दक्षिण तर्फ पर्छ । मुचुल्कापश्चात् मृतकको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

Share: