Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान – Lekhanpeeth

जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

148
0
Share:

काठमान्डौ/जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही माघ १९ र २० गते पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको हो ।

 

बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीले सञ्चालन गरेको सङ्गठन निर्माण अभियानलगायतका एजेण्डामा छलफल हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

 

पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई आ–आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन जसपाले निर्देशन गरेको छ ।

 

Share: