राष्ट्रपति ट्रम्पलाई पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

47
0
Share:

काठमान्डौ/पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्तराज्य अमेरिकाको ४७औँ राष्ट्रपतिको पदभार ग्रहण गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाईसहित कार्यकाल सफलताका लागि शुभकामना दिएकी छन् ।

 

पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ‘ट्वीटर’मार्फत बधाई दिँदै राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेकीछन् ।

Share: