Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सरकारले ल्याएका सबै अध्यादेश माघ १८ मा संसदमा प्रस्तुत गरिने – Lekhanpeeth

सरकारले ल्याएका सबै अध्यादेश माघ १८ मा संसदमा प्रस्तुत गरिने

Share:

काठमान्डौ/प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आगामी माघ १८ गतेबाट सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको क्यालेन्डरका बिषयमा बिभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्।

 

संघीय संसद् सचिवालयले तयार गरेको क्यालेन्डरलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सन्दर्भमा सभामुख घिमिरेले बिभिन्न दलसँग छलफल गरेका हुन्। सचिवालयले माघ १८ गतदेखि ३० गतेसम्मको क्यालेन्डर तयार पारेको छ।

 

माघ १८ गते बस्ने पहिलो बैठकमा अध्यादेशहरु टेवल गर्ने र प्रधानमन्त्री लगाएत शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए। त्यस्तै यस अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा सफल बनाउन सभामुखले आग्रह गरेकाे उनले बताए। घिमिरेले प्रतिपक्षीले अध्यादेशका बिषयमा उठाएका बिषयहरुलाई सदनमा नै छलफल गर्ने तयारी भएको उल्लेख गरे।

 

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले १८ गते सुरु भइ २२, २३ र २४ गते संसद बैठक बस्ने जानकारी दिए। १८ गते बस्ने बैठकमा अध्यादेश पेश हुने र २२ गते निर्णयार्थ प्रस्तुत हुने उनले बताए। उनले माघ २५, २६ र २७ गते संसदीय समितिको बैठक बस्ने र २८, २९ र ३० गते गते संसद बैठक बस्ने जानकारी दिए।

 

संसदको सुरुका दिन शीर्ष नेताहरुले सम्बोधन गर्दा विश्वासको वातावरण निर्माण हुने बर्तौलाले विश्वास व्यक्त गरे। माघ १८ संसद बैठक बस्नुअघि कार्यसूची तय गर्न माघ १५ गते मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने संसद सचिवालयले जनाएको छ।

Share: