नेपाली महिला फुटबल टिमको प्रशिक्षकमा तामाङ नियुक्त

75
0
Share:

काठमान्डौ/नेपाली महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा तामाङलाई नियुक्त गरेको हो । १७-२६ फेब्रुअरीसम्म नेपालमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि एन्फाले तामाङलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

 

यसअघि नेपालमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएपछि तामाङले प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

 

यसैगरी, एन्फाले टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले मुख्य प्रशिक्षक तामाङ र म्यानेजर देवाललाई नियुक्ति पत्र दिएका छन् ।

Share: